४ मंसिर २०८३, शुक्रबार

स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई बहुमतले जिताउन पहारीको आह्वान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, १० फागुन । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले आसन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई बहुमतले जिताउन आह्वान गरेका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय बनेपामा युवा संघ जिल्ला कमिटीद्धारा आयोजित ‘स्ववियु निर्वाचनमा युवाहरूको भुमिका’ विषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै पहारीले राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताका लागि पनि अनेरास्ववियुलाई जिताउनुपर्नेमा जोड दिए ।

‘नेबि संघ र अखिल क्रान्तिकारीलाई भोट दिनु भनेको बाहुबल र अराजकता फैलाउनु हो,’ पहारीले भने– ‘त्यसैले शैक्षिक वातावरणका लागि अनेरास्ववियुलाई भोट दिनुस्,’

कार्यक्रमलाई एमाले काभ्रेका उपसचिव इन्द्र तामाङ, युवा संघका उपाध्यक्ष चन्द्र लामा, स्थायी कमिटी सदस्य प्रभातविक्रम कटवाल, एमाले काभ्रे मोर्चा प्रमुख कञ्चन अधिकारी, युवा संघ सचिवालय सदस्यहरु देबसागर लामा, अमित लामा, युवा संघ काभ्रेका पूर्व अध्यक्ष राकेश लामा, अनेरास्ववियु काभ्रेका अध्यक्ष हरिश घिमिरे लगायतले सम्बोधन गरेका थिए ।

युवा संघ काभ्रेका अध्यक्ष होम चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव रमेश लामाले संचालन गरेका थिए ।