३० आश्विन २०८३, शुक्रबार

देउवाको मूड फेरि एकाएक तात्न पुग्यो ? कांग्रेस चलाउन सुशीललाई छैन सहजता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-&-Sher-Bahadurकाठमाडौं, ५ असोज । जब केन्द्रीय समिति बिस्तार हुँदा एक शब्द पनि सोधिएन, तब कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाको मूड फेरि एकाएक तात्न पुगेको छ ।

‘सबै एकलौटी गर्ने हो भने म किन मौन रहने,  यतिखेर निकटवर्तीहरुसँग भेटमा देउवा यसरी आक्रोश पोख्दैछन् । देउवाको निस्कर्ष छ, ‘मेरो मौनतालाई गलत अर्थले व्याख्या गरियो ।’

केही समययता देउवाले कोइरालासँग ‘खुला किचकिच’ नगर्ने नीति अपनाएका थिए । अर्थात्, उनी ‘विना शर्त’को समर्थनमा थिए । तर आपनो कार्यकाल पूरा हुन चार दिन बाँकी रहँदा भदौ ३० मा कांग्रेस सभापति सुशील कोइरालाले केन्द्रीय समितिलाई पूर्णता दिए, तर त्यसमा बरिष्ठ नेता देउवासँग सामान्य परामर्श समेत नगरिएपछि आक्रोश चुलिएको हो । देउवा निटकवर्तीहरुसँग भन्दैछन्, ‘विना शर्तको सहयोगलाई कमजोरीका रुपमा लिइयो । अब मौनता साँध्नुको अर्थ छैन ।’

राजदूत, संवैधानिक अंग र अन्य महत्वपूर्ण नियुक्तिका सवालमा कोइरालाबाट त्यही नीति अख्तियार हुन सक्ने आँकलन गर्दै अब प्रतिकार गर्ने सूरमा छन् । समूहका अरु नेताहरुले पनि देउवालाई मौन बस्नुहुन्न भन्ने दबाब दिइरहेका छन् । असन्तुष्टि जाहेर गर्नकै निम्ति देउवा पछिल्लो केन्द्रीय समितिको बैठकमा उपस्थित भएनन् ।

सात वर्षयता कांग्रेसमा पार्टी ुसाठीरचालिसुको भागबण्डा संस्थागत बनिसकेको थियो । संस्थापन र देउवा पक्षका सबै विवाद यहिँ भागबण्डामा आधारमा मिल्ने गरेका थिए,  पार्टीको टिकट वितरण, समानुपातिक सभासद् चयनदेखि मन्त्री बनाउँदासम्म । जबजब भागबण्डा नीति विचलित हुन पुग्छ, तबतब पार्टीभित्र ह्वात्तै विवाद चुलिन पुग्छ । त्यही नियमित श्रृंखला हो पछिल्लो केन्द्रीय समिति बिस्तार पनि ।

त्यसो त, चार वर्षसम्म केन्द्रीय समिति बिस्तार गर्न नसक्नुमा कोइरालाको चरम अक्षमता नमूना मान्नुपर्छ । किनभने पार्टीको विधानले महाधिवेशन सकिएको दुई महिनाभित्र केन्द्रीय कार्यसमिति र पार्टीका अन्य समितिलाई पूर्णता दिनुपर्ने व्यवस्था छ । विधानको पूर्णतः अपहेलना भयो । पार्टी महाधिवेशन एक वर्षपछि गर्ने घोषणा सँगसँगै कोइरालाले केन्द्रीय सदस्य र स्थायी आमन्त्रित सदस्य मनोनित हुन पुगेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

महाधिवेशन घोषणा भइसकेपछि बिस्तार गर्दा विरोध आउने सम्भवानाका कारण रातारात सदस्य थप भएको थियो । अझ स्थायी आमन्त्रित सदस्य राख्ने प्रावधान नहुँदा नहुँदै पनि सदस्य थपिएका छन् विधान विपरित । ‘विगतमा सहमति अनुरुप पार्टी चल्थ्यो, तर पछिल्लो केन्द्रीय समिति बिस्तारमा देउवासँग सरसल्लाह वा सहमति केही भएको छैन’ सहमहामन्त्री पूर्णबहादुर खडका भन्छन्, ‘अझ स्थायी आमन्त्रित सदस्य राखिएको छ, यसले विधानको ठाडो उल्लंघन गरेको छ ।’

चार वर्षको अवधिमा पार्टी लथालिंग पारेको र बेथिति चर्काएको विषय आउँदो जिल्ला अधिवेशन र पार्टी महाधिवेशन क्रममा मुद्दाको रुपमा लैजाने खडकाले बताए । खडा देउवा निकट पार्टी पदाधिकारी हुन् । कांग्रेसको विधानमा कुनै छलफल वा बैठकमा विज्ञ व्यक्तिहरुलाई आमन्त्रित सदस्यको बोलाउन सकिने भएपनि स्थायी रुपमै राख्ने व्यवस्था छैन ।

उता २७ सदस्यीय कार्यसम्पादन समितिले अझै पूर्णता पाएको छैन । एकातिर विधानतः व्यवस्थित कार्यसंपादन समिति नबन्ने, अर्कातिर विधानमै नभएको पदाधिकारी बैठकको नयाँ प्रचलन कांग्रेसमा भित्रियो । ‘अनुशासन र विधान अनुरुप’ भन्ने सुशील कोइराला थेगो थियो । तर विधान विपरित पदाधिकारी बैठकले बढावा पाएको विषयले कांग्रेसभित्र चर्को आक्रोश निम्त्याएको छ ।

‘आकस्मिक केन्द्रीय समिति बिस्तार’ कांग्रेस महामन्त्री प्रकाशमान सिंह भन्छन्, ‘पार्टी सभापतिको विशेषाधिकार हो ।’ र, थप्छन्, ‘सभापतिले विशेषाधिकार प्रयोग गर्नुभएको छ, त्यसमा पनि पार्टीकै निम्ति अहोरात्र खटेका युवा नेताहरुलाई प्राथमिकता दिनुभएको छ । यस्तो नियुक्तिको विरोध गर्नुको तूक छैन ।’

समकालीन औसत नेताको तुलनामा सभापति कोइरालाको छवि निस्कलंक छ । तर उनी साँघुरो गुटीय मनस्थिति भन्दा बाहिर निस्की पार्टी र सरकारमा नेतृत्व दिन सक्षम नदेखिएको टिप्पणी कांग्रेसी नेताहरुको छ । ‘उनको भूमिका पनि महामन्त्री र कार्यबाहक सभापतिको भन्दा माथि उठ्न सकेन’ एक नेता भन्छन्, ‘त्यसभन्दा पृथक उनले सभापति भएपछि देखाउन सकेनन ।’

हो, राजनीतिक जीवनमा धेरै समय सुशील कोइराला ‘निर्णय कार्यान्वयन’मा लडिरहे वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्मका । यतिखेर उनी निर्णय तहमा छन्, त्यहीकारण निर्णयमा अधिक ढिलाई हुन्छ । ‘उनले त भाग्य र बिरासतले खाएका हुन्’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘उनीबाट धेरै आशावर्द्धक निर्णय हुन्छ भन्ने अपेक्षा राख्नु हाम्रै मूर्खता हो ।’

गत संविधानसभा चुनावसँगै फेरि कांग्रेस मुलुकको ठूलो दल बन्यो र सरकारको नेतृत्व गर्ने अवसर पायो । त्यसलाई ठूलो उपलब्धि ठान्नेहरु पनि कांग्रेसका छन् । त्यसको जश पार्टी सभापतिको नाताले सुशील कोइरालालाई दिइयो । ‘तर त्यो कांग्रेसको बिस्तारको कारणले होइनु केन्द्रीय सदस्य शेखर कोइराला भन्छन्, ‘कांग्रेस राम्रो संगठनको कारण नभएर अरु दलको अकर्मन्यताका कारण भएको हो, त्यसको समीक्षा नभएको मात्र हो । कांग्रेसको सकारात्मक भन्दा अरु दलप्रतिको नकारात्मक मत कांग्रेसले पाएको हो ।’

कोइराला प्रधानमन्त्री भएपछि पार्टीको जिम्मेवारी अरु कसैलाई दिएको भए यति धेरै विवाद आउने थिएनन् । ‘हामीले उतिबेलै उहाँलाई यो सुझाव दिएका थियौु’ शेखर भन्छन्  पार्टी सभापति, दलको नेता र प्रधानमन्त्री तीनै पद स्वास्थ्य र व्यस्तता हिसाबले सक्नुहुन्न । तर उहाँले कार्यवाहक दिन चाहनु भएन ।’

कोइराला फेरि उपसभापति रामचन्द्र पौडेललाई आदेश दिंदै अमेरिका हिंडेका छन्, आवश्यकता अनुरुप काम गर्नुस् र पार्टीको बैठक सञ्चालन गर्नुस् ।’ त्यो पनि लिखित होइन, मौखिक मात्र । कोइरालाको त्यही आदेशअनुरुप असोज ५ मा हुने केन्द्रीय समितिको बैठक पौडेलले सञ्चालन गर्नेछन् ।