३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री नभए पनि बाबुरामले सहमति खोज्ने, ‘मलाई सहमति खोज्न भन्नु भएको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौं, ५ असोज । एमाओवादी नेता एवं संवाद समितिका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला देश बाहिर भए पनि सहमति हुन सक्ने बताएका छन् । कोइराला न्युयोर्क जानु अघि आफूसँग भएको कुराकानीमा आफू अमेरिका भए पनि सहमति गर्न आग्रह गरेको भट्टराईले जानकारी दिए ।

कोइरालाले सहमतिका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभाति रामचन्द्र पौडेललाई जिम्मा दिएका छन् । कोइरालाको पूर्व स्वीकृतिमा आइतबारदेखि तीन दलको बैठक नियमित बस्ने भएको छ । शनिबार संवाद समितिको संयोजनमा भएको तीन दलको बैठकमा दैनिक बैठक गरी संविधानमा नमिलेका विषयमा सहमति खोज्ने कुरा भएको छ ।

भट्टराईले प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शिर्ष नेताहरुको बैठक आइतबार बस्ने जानकारी दिए । ‘प्रधानमन्त्रीले मसंगको कुराकानीमा आफू अमेरिका भए पनि प्रमुख तीन दल बसेर सहमति खोज्न कुनै बाधा नहुने बताउनु भएको छ’ भट्टराईले भने, ‘त्यसकारण प्रधानमन्त्रीको अनुपस्थितिमा सहमति हन सक्छ । नेताहरुमा इच्छा शक्ति हुनुपर्‍यो ।’

उनले असोज १४ भित्र सहमति गर्न संवाद समितिका साथै राजनीतिक दलहरुबीच नियमित बैठक हुने बताए । ‘१० दिनमा हामी सहमतिका लागि अहोरात्र खट्नुपर्छ’ उनले भने, ‘संवाद समितिको उपसमितिले पनि आफ्नो काम नियमित गर्छ र राजनीतिक दलहरुबीच पनि दैनिक बैठक बस्ने नेताहरुबीच कुराकानी भएको छ ।’

सभासद् लक्ष्मणलाल कर्णको संयोजकत्वमा भएको उपसमितिले निमिलेका ६ वटा विषय मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, संवैधाधिनक अंग, न्यायपालिका र बिभिन्न पक्षसंग भएका सम्झौतामा सहमतिलगायतमा सहमति जुटाउन गृहकार्य गर्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

उपसमितिमा केही सभासद् फेरबदल भएका छन् । एमालेबाट सुरेन्द्र पाण्डे, एमाओवादीबाट कृष्णबहादुर महरा आएका छन् । एमाले सभासद् केशब बडाल र एमाओवादीका शिवकुमार मण्डल उपसमितिबाट हटेका छन् । उपसमितिमा छलफल तीब्र र फलदायी पार्न वरिष्ठ नेतालाई उपसमितिमा ल्याएको संवाद समितिको भनभाइ छ ।

राजनीतिक शिर्ष तेहमा राज्यको पुनर्सरचना र शासकीय स्वरुपमा सहमति जुटाउने संवाद थाल्ने छ । ‘संघीयता र शासकीय स्वरुपमा तोकिएकै मितिभित्र सहमति खोज्ने शिर्ष नेताहरुले प्रतिवद्धता आएको छ’ उभापति भट्टराईको भनाइ छ, ‘राजीतिक र संवाद उपसमितिमा समानान्तर ढंगले छलफल केन्द्रित हुन्छ ।’ संवाद समितिले आइतबार बिहान बैठक बोलाएको छ । संवाद समितिको म्याद असोज १४ सम्म थपिएको छ ।