३ कार्तिक २०८३, मंगलबार

भूकम्पपछिको पुनर्निर्माणमा चीनको चासो, थप सहयोग गर्न इच्छुक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ डा. गोविन्दराज पोखरेल र चीनकी राजदूत यो होङबीच सोमवार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्राधिकरणको कार्यालयमा भएको भेटमा भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको प्रगतिका साथै द्धिपक्षीय सहयोगका बिषयमा कुराकानी भएको छ । भेटका क्रममा चिनियाँ राजदूत होंगले भूकम्प प्रभावित जिल्लामा भइरहेको पुनर्निर्माणप्रति चासो राख्दै बिद्यालय, स्वास्थ्य संस्था र ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा थप सहयोग गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो ।

सो क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.पोखरेलले भूकम्पपछिको अवस्थामा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै पुनर्निर्माणको अभियानलाई सफल बनाउन छिमेकी मुलुकसंगको सहकार्य अनिवार्य भएको उल्लेख गर्नुभयो । राजदुत होंगले चिनियाँ सहयोगमा सञ्चालित परियोजनाहरुलाई दुवै मुलुकको संयुक्त पहलमा सम्पन्न गर्नुपर्नेमा जोड दिदै असल छिमेकीको नाताले नेपाललाई गर्दे आएको सहयोगलाई आफ्नो मुलुकले आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

प्राधिकरणका सिइओ डा. पोखरेलले विभिन्न प्रक्रियागत र कानुनी झमेलाका कारण पुनर्निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेको भन्दै यसलाई द्रुत गतिमा लैजानेवारे आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले पुनर्निर्माणको कामलाई तिव्रता दिन बिकास साझेदार संस्थाहरुसंगको सहकार्यलाई उच्च महत्व दिएर अघि बढेको उल्लेख गर्नुभयो ।

फ्रान्सका राजदूतसँग पुनर्निर्माणबारे छलफल

यसैबीच सिइओ पोखरेलले सोमवार नै फ्रान्सका राजदूत योभ्स कारमोनासंग पनि भेटवार्ता गर्नुभएको छ । भेटमा राजदूत कारमोेनाले शिक्षा क्षेत्रको पुनर्निर्माणमा थप सहयोग गर्न आफुहरु इच्छुक रहेको बताउनुभयो । सो क्रममा प्राधिकरणका सिइओ पोखरेले पुनर्निर्माणको गतिलाई तिव्रता दिन सवैै बिकास साझेदारहरुसंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । सो क्रममा पुनर्निर्माणका लागी प्राविधिक सहयोग परिचालन गर्ने सम्बन्धमा पनि कुराकानी भएको थियो ।