काठमाडौं, ९ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरण्मा आएको छोटो समयमै सम्मानित भएका छन् । उनी ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अवार्डबाट सम्मानित भएका छन् ।
घिसिङ प्राधिकरणको प्रमुखका रुपमा आएको पाँच महिना मात्रै पुगेको छ । नेपाल उद्योग परिसंघले उनलाई काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा घिसिङलाई वर्षकै पूर्वाधारमा सबैभन्दा राम्रो योगदान दिने ब्यक्तित्वका रुपमा सम्मानित गरेको हो ।
कुलमान घिसिङ प्राधिकरणमा आएपछि उनले ट्रान्समिसनलाइनको निर्माणका भइरहेको ढिलाईलाई हटाएका छन् । जसका कारण विद्युत खरिद सम्झौता भएर पनि निर्माण्का अघि बढ्न नसकेको निजी क्षेत्रका जलविद्युत आयोजनाको निर्माण पनि तीव्र भएको छ ।
घिसिङले प्राधिकरणअन्तरगत निर्माण भइरहेका चमेलिया, कुलेखानी ते्रस्रो र माथिल्लो तामाकोशी लगायतका आयोजनाको निर्माणको गति बढाउन ठूलो भूमिका निभाएका छन् ।
यसैगरी काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले पूर्वाधारमा लगानीका लागि वातावरण तयार गर्न नेतृत्वदायी भूमिका खेलेको परिसंघको ठहर छ ।












प्रतिक्रिया