३ कार्तिक २०८३, मंगलबार

तराईमा इन्धनको रुपमा गोबर गुईठाको अत्याधिक प्रयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी ४ फागुन । दाउराको अभाब भए पछि इन्धनको जोहोकालागी नवलपरासीका दक्षिणी तराईमा अत्याधिक गोबर गुईठाको प्रयोग बढेको छ ।

बनबाट टाडा रहेका दक्षिणी भेगका बासीहरुले दाउराको अभाबमा गोबर गुईठाको प्रयोग गर्न बाध्य भएका हुन । गोबर गुईठाको प्रयोगले पङगारीक मलको अभाब भै माटोमा अम्लीय पदार्थ बढन गएर उत्पादनमा कमी आउने गरेको जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत तेज नारायण गैरेले बताए ।

नवलपरासी दक्षिणी भेगका तिन दर्जन बढि गांउ बिकास समितिमा इन्धनको रुपमा गोबर र्गुठाको प्रयोग गरीदै आएको छ । गाई भैसीको गोबर र पराल मीसाएर गुईठा तयार गरीन्छ । सामुदायिक बनहरुले दक्षिणी भेगका उपभोक्ताहरुलाई दाउरा दिने भने पनि जिल्ला बन कार्यालयले उचित ब्यबस्थापन गर्न नसक्दा दक्षिणी भेगमा इन्धनको रुपमा गुईठाको प्रयोग बढदो छ । दक्षिणी भेगका उपभोक्ताहरुले प्रत्यएक गांउ बिकास समितमा दाउराको डिपो राखीदीन माग गरे पनि बन कार्यालयले सुनुवाई नगरेको स्थानीयबासीले बताएका छन ।

प्राङगारीक मललाई इन्धनको रुपमा प्रयोग गरीने र रासायिनिक मलको अधिक प्रयोगले बातावरणमा ह्रास आउने र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने यसका जानकारहरु बताउँछन ।