काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि मतदान सुरु भएको छ ।
भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा सोमबार दिउँसो १२ बजेदेखि अध्यक्ष पदको लागि मतदान सुरु भएको पार्टीका सहप्रवक्ता किरण गिरीले बताए ।
अध्यक्ष पदमा कमल थापा र प्रदीपविक्रम राणा मैदानमा छन् । तर, थापा अध्यक्ष बन्ने निश्चित देखिएको छ ।
यस्तै केन्द्रीय सदस्य पदका लागि दिउँसो २ बजेबाट मतदान सुरु भएको छ । केन्द्रीय सदस्य पदमा तीन सय ६३ जनाको उम्मेदवारी परेको छ ।
मतदानबाट कुल ९८ सदस्य निर्वाचित हुनेछन् ।











प्रतिक्रिया