काठमाडौं, ९ फागुन । विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।
सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा बिहान १० बजे बस्ने बैठकमा निर्वाचनको मितिका विषयमा छलफल हुन सक्ने बुझिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख महिना वा जेठ पहिलो साताभित्र निर्वाचन गर्न मन्त्रिपरिषदमा स्थानीय तहको मिति प्रस्ताव गर्ने छन् ।
एक मन्त्रीले भने, ‘प्रधानमन्त्री ज्यूले स्थानीय तहको निर्वाचनको मितिका साथै स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन परिमार्जनका विषयमा प्रस्ताव ल्याउन सक्नु हुन्छ । तर, हामीलाई कुनै एजेन्डा भनिएको छैन ।’
कांग्रेसले निर्वाचनको मिति घोषणा गर्न दबाब दिइरहेका बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।











प्रतिक्रिया