काठमाडौँ, ८ फागुन । उत्तरी छिमेकी चीनबाट चिनियाँ सेनाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार टोलीले आइतबार प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेट गरेको छ । चीनको पिपुल्स लिबरेसन आर्मी, वेस्टर्न कमाण्डका डेपुटी चिफ अफ स्टाफ मेजर जनरल झाओ जिनसङ् नेतृत्वको टोलीले जङ्गी अड्डामा प्रधानसेनापति क्षत्रीसँग शिष्टाचार भेट गरेको हो ।
उक्त भेटघाटका क्रममा उनीहरुबीच द्विपक्षीय आपसी हित, पारस्परिक सम्बन्ध र दुई देशबीच हुन लागेको संयुक्त सैन्य अभ्यासको तयारीबारे छलफल भएको निर्देशनालयले जनाएको छ ।
जिनसङ्को नेतृत्वमा १५ सदस्यीय भ्रमण टोली क्षेत्रीय भ्रमणको सिलसिलामा आजै नेपाल आइपुगेको हो । उक्त भ्रमण टोली नेपालको भ्रमण सम्पन्न गरी यही फागुन १० गते भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।












प्रतिक्रिया