४ मंसिर २०८३, शुक्रबार

मोर्चाले संशोधन नहुँदासम्म प्रधानमन्त्रीको प्रस्ताव नमान्ने, चार विषयमा छलफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको विधेयक पारित नहुँदासम्म प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका विषयमा राखेको प्रस्ताव अस्वीकार गर्ने पुनः निर्णय गरेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा आइतबार बसेको मोर्चाको बैठकले संविधान संशोधनको विधेयक परिमार्जनसहित पारित नहुँदासम्म निर्वाचनमा जान नसक्ने पुरानो अडान दोहोराउने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । ‘यथाअवस्थामा निर्वाचनमा जान सकिँदैन’, उनले भने, ‘प्रधानमन्त्रीले चुनावमा जानका लागि गरेको प्रस्तावलाई पनि तत्काल मान्न सकिँदैन ।’

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले मधेसी मोर्चाका बैठकमा चार वटा विषयमा छलफल भएको जानकारी दिए ।

महासचिव झाले भने, ‘स्थानीय निर्वाचन, संविधान संशोधन, आन्दोलन र स्ववियु निर्वाचनका विषय बैठकमा प्रवेश पाएको छ । ठोस सहमति भएको छैन । सोमबार पुनः मोर्चाको बैठक बसेर निर्णय गर्ने छौँ ।’

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेपछि मधेसी मोर्चाको बैठक बसेर संशोधन विधेयक पारित नहुँदासम्म निर्वाचनमा जान नसक्ने निर्णय गरेको हो ।