काठमाडौं, ८ फागुन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन हुनै सक्दैन भनेर झूठको खेती गरिरेको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा संविधान संशोधन हुनै सक्दैन भनेर एमालेले झूठको खेती गरिरहेको आरोप लगाउँदै यादवले भने– ‘एमालेले जनतालाई भीडाउने काम गरिरहेको छ, एमाले के हो भन्ने कुरा राधाकृष्ण मैनालीको पुस्तक पढ्दा थाहा हुन्छ, त्यतिमात्रै होईन गोल्छाको अन्र्तवार्ता पढ्दा थाहा हुन्छ, एमालेले हामलाई राजनीति सिकाउनुपर्दैन् ।’
उनले एमालेले विषयवस्तुलाई बँग्याएर पहिलादेखि नै खाँदै आएको र अहिलेपनि जनताको अधिकार खोसेर सत्तामा जान खोजेको आरोप लगाए । यादवले भने, ‘एमालेको यो सोच संक्रिण र नश्लीय सोच हो, एमालेको सबै कर्तुत नाँगाझारो हुँदैछ ।’











प्रतिक्रिया