४ मंसिर २०८३, शुक्रबार

हिन्दू राष्ट्रबारे पूर्वराजा ज्ञानेन्द्रले मुख खोले, यसरी आयो नयाँ धारणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ फागुन । धर्मनिरपेक्ष र हिन्दू राष्ट्रको विषयमा विवाद भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू राष्ट्रबारे नयाँ धारणा सार्वजनिक गरेका छन् ।

धार्मिक कार्यक्रमअन्तर्गत चितवन पुगेका पूर्वराजा शाहले हिन्दू धर्म बोल्ने कुरा नभई मनमा राख्ने कुरा भएको बताए । सञ्चारकर्मीले सोधको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले चितवनको नारायणी नदी किनारमा आयोजित विराट गोरक्षा महायज्ञमा गाईको पूजा तथा हवन गरेका छन् ।

गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित सहभागी भएका थिए ।