काठमाडौं, ८ फागुन । नेपालका एकमात्र अर्बपति व्यापारी विनोद चौधरीको मेघौली सराई लज विश्वका उत्कृष्ट नयाँ होटलको सूचीमा परेको छ ।
अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले भर्खरै सार्वजनिक गरेको सूचीमा सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लज पनि परेको हो ।
पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको यो पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’ मा चौधरी ग्रुपद्वारा चितवनमा सञ्चालित एवं विश्वस्तरीय ताज होटल्स समूहको व्यवस्थापन रहेको मेघौली सराइलाई समावेश गरेको हो ।
विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनौट गरिएकोमा नेपालबाट एकमात्र होटल मेघौली सराइ पनि परेको हो ।

मेघौली सराई होटल विश्वकै उत्कृष्ट बनेपछि चौधरी ग्रुपका कार्यकारी निर्देशक तथा सिजी होटल्स एण्ड रिसोटर््सका प्रबन्ध निर्देशक राहुल चौधरीले यो महत्वपूर्ण सम्मान भएको र यसले सिजी र नेपाललाई उत्कृष्ट हस्पिट्यालिटी सेवामार्फत विश्व मानचित्रमा स्थापित गराउन सहयोग गरेको बताए ।
मेघौली सराइ युनेस्को विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ । यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन पाउँछन् ।
















प्रतिक्रिया