४ मंसिर २०८३, शुक्रबार

पत्रकार दुर्गा शर्मालाई पितृशोक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, ७ फागुन । प्रेस चौतारी नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवं पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मालाई पितृशोक परेको छ ।

पर्वतको आर्थर डाँडाखर्कमा उनका ७१ बर्षीय पिता श्रीलाल शर्माको निधन भएको हो । घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला एक्कासी बिरामी परेका शर्माको घर ल्याउना साथ निधन भएको प्रेस चौतारी पर्वतका उपाध्यक्ष गणेश गिरीले दैनिक नेपाललाई जानकारी दिए ।

पत्रकार शर्माको एकबर्षअघि मात्रै भाइको निधन भएको थियो । एकपछि अर्को गर्दै परिवारको सदस्य गुमाएपछि शर्मा परिवार गहिरो शोकमा डुबेको छ ।