४ मंसिर २०८३, शुक्रबार

चुनावका लागि प्रमुख चार शक्तिबीच सहमति अनिवार्य : डा.कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ७ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले चार राजनीतिक शक्ति कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चाबीच सहमति नभई निर्वाचनको मिति घोषणा गर्न नहुने बताएका छन् ।

नवलपरासीको गैँडाकोटमा शनिबार ६७औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा डा.कोइरालाले राजनीतिक सहमतिविना मिति तोकेर निर्वाचन हुन नसके मुलुक बिखण्डनतर्फ जाने खतरा रहने बताए । उनले मुलुकलाई निकास दिने विषयमा एमाले र मधेसी मोर्चाले पनि आफ्नो हठ त्याग्नु पर्ने बताए ।

‘धर्म र राजनीति एउटै बाटोबाट हिँड्न सक्दैन’, कांग्रेस नेता डा.कोइरालाले भने, ‘धर्म र राजनीतिलाई सँगै हिँडाउन खोजिए त्यो मुलुककै निम्ति दुर्भाग्य हुँन्छ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, देवेन्द्रराज कँडेल, नवलपरासी कांग्रेसका सभापति बिष्णु लामिछानेलगायतले राजनीतिक सहमति गरेर छिटोभन्दा छिटो मुलुकलाई नकास दिइ संविधान कार्यान्वयनमा जोड दिएका थिए ।