काठमाडौं, ४ असोज । बस व्यवसायीले यात्रुलाई अत्यधिक मूल्यमा बसको टिकट विक्री गरेको फेला परेको छ ।
सरकारले निर्धारण गरेको दररेटभन्दा झन्डै चार सय ४० रुपैयाँभन्दा बढी असुल गरेर यात्रुलाई टिकट बिक्री गरेको अवस्थामा शुक्रबार प्रमाणसहित अनुगमन गर्ने निकायले फेला पारेको छ ।
यातायत व्यवस्था विभागले पश्चिम नेपाल बस व्यवसायी संघले काठमाडौंबाट बुटबल जाने सिद्धार्थ यातायातको यात्रुबहाक बसको टिकट नौ सय ५० रुपैयाँमा बिक्री गरेको प्रमाण फेला पारेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सरकारले काठमाडौंलेखि बुटवलसम्मको भाडा ५ सय १० रुपैयाँ निर्धारण गरेको छ ।















प्रतिक्रिया