४ मंसिर २०८३, शुक्रबार

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बालुवाटारमा बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् ।

बालुवाटारमा अपरान्ह ३ बजे बस्ने केन्द्रीय कार्यालय बैठकमा निर्वाचनको मिति घोषणाका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले चुनावमा कसरी जाने भन्ने कुरामा सुझाव लिने छन् ।

कांग्रेस र एमालेले निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिँदै आएका छन् ।

उता, संविधान संशोधन नहुँदासम्म निर्वाचनको मिति घोषणा नगर्न मधेसी मोर्चाले दबाब दिँदै आएको छ । यथाअवस्थामा निर्वाचनको मिति घोषणा गरेर आफूहरू सहभागी नहुने मोर्चाका नेताहरूले सार्वजनिक रुपमा चेतावनी दिइसकेका छन् ।