काठमाडौं, ५ फागुन । एमालेको पोलिटव्युरो बैठकमा आज अध्यक्ष केपी ओलीद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।
बुधबारदेखि राजधानीमा शुरु बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले आफ्नो धारणा राख्ने छन् । यसअघि बुधबारको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमवारे जानकारी गराउदै चुनावको वातावरण बनाउन मधेसी दलहरुलाई मनाउने अन्तिम प्रयास भइरहेको बताएका थिए ।
बैठकमा अध्यक्ष ओलीले चुनावी वातावरण बनाउनका लागि संविधान संशोधनको विषयमा पार्टीले लचकता अपनाएर मोर्चालाई सहमत गराउन भूमिका खेल्ने बताएका थिए ।
एमालेका नेता भानुभक्त ढकालले जेठभित्र चु्नाव गराउने विषयमा सत्तासाझेदार कांग्रेस, माओवादी केन्द्रसंग भएको समझदारीअनुसार मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउनेवारे बैठकले निर्णय गर्ने जानकारी दिएका छन् ।
संविधान संशोधनको बिरोधमा रहेको एमालेले मोर्चालाई मनाउने प्रयासमा पछिल्लो समय मधेस केन्द्रित दलहरुसंग संवाद समेत शुरु गरेको छ ।
नेता ढकालले संविधान संशोधनको प्रक्रियामा पार्टीले सर्तसहित लचकता अपनाउनेवारे बैठकले निर्णय गर्ने बताए ।
बुधबारदेखि शुरु भएको एमालेको पोलिटव्युरोको बैठक मध्यान्ह १२ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको छ ।











प्रतिक्रिया