
काठमाडौं, ४ फागुन । प्राइम कमर्सियल बैंक र बुम रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स भुक्तानीसम्वन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट नायब महाप्रबन्धक मोतीकाजी तुलाधर र बुम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे ।
सो मम्झौता आजदेखि लागू हुनेगरी बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स रकम प्राइम कमर्सियल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी हुने छ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४१ सय वटा भन्दा बढी प्रतिनिधि छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलूकबाट रेमिट्यान्सको कारोबार गर्दै आएको छ ।
चाँडै नै हङकङ, मलेसिया, कोरिया, जापान, क्यानडा, अष्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने जनाएको छ ।















प्रतिक्रिया