पाँचथर, ४ फागुन । पाँचथर पावर कम्पनी लिमिटेडद्वारा निर्मित १५ मेघावाटको हेवा खोला ए जलबिद्युत परियोजना सुचारु भएको छ । प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले आज एक समारोहकाबीच परियोजनाको उद्घाटन गरे ।
२०६७ सालबाट निर्माण सुरु भएको परियोजना रु. २ अर्ब ६० करोडको लगानीमासम्पन्न भएको हो । परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले साना ठूलो सबै विद्युत आयोजनाहरुलाई प्राथमिकतामा राखेको बताए । उनले स्थानीयबासीको अगुवाईमा नै यस्ता साना विद्युत आयोजनाहरुले गति लिने बताए ।
कार्यक्रमलाई उर्जा मन्त्री जनार्दन शर्मा, स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगु, नेकपा (एमाले) का संसदीय दलका उपनेता तथा पूर्व सभामुख शुभाषचन्द्र नेम्वाङ, सांसद भिष्मराज आङम्बे, गणेशकुमार काम्बाङ लगायतले पनि सम्बोधन गरेका थिए ।
















प्रतिक्रिया