एजेन्सी । लोग्ने स्वास्नीबीच साना तिना झगडा भइनई रहन्छन् । तर, कहिलेकाँही झगडाले उग्र रुप लिएको पनि पाइन्छ ।
यस्तै, घटना छिमेकी राष्ट्र चीनको राजधानी बेइजिङमा भएको छ । श्रीमान श्रीमतीको झगडाले उग्र रुप लिएपछि श्रीमतीले आत्महत्या गर्न अग्लो घरको छतबाट हाम फालिन् ।
माथिबाट खुट्टा छोड्ने वित्तिकै उनका श्रीमानले कपाल समातेर उनलाई बचाए र जसले गर्दा उनलाई बचाउन सकियो । जुन अवस्थाको परिदृष्यलाई प्रहरीको क्यामराले केद गरेको थियो ।

श्रीमानले पत्नीको कपाल ३ मिनेटसम्म समातेर राखे । त्यति बेलासम्म उनी श्रीमती झण्डिरहेकी थिइन् ।
कपालकै साहारामा उनलाई बचाउन सम्भव नभएपछि प्रहरीले अन्ततः पाइप लाइनको सहायताले महिलालाई बचाए । पतिको हातमा कपालको अन्तिम भाग मात्र बचेको थियो ।
















प्रतिक्रिया