काठमाडौं, ४ फागुन । भेरोकको नेपालका लागि आधिकारिक बिक्रेता श्री एसटिसी प्रालिका २५ डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बर्इ प्रस्थान गरेका छन् ।
प्रडक्ट तथा टेक्निकल ज्ञान लिने मुख्य उद्देश्यका साथ पुने, अरंगाबाद र मुम्बर्इमा रहेको भेरोकको फ्याक्ट्री भ्रमण गर्ने ८ दिने कार्यक्रम रहेको एसटिसी प्रालिका प्रबन्ध निर्देशक सुरेश उप्रेतीले जानकारी दिए ।
बार्षिक १ अर्ब ५० करोडको कारोबार गरिरहेको एसटिसीले नेपालमा भेरोक ब्राण्डमात्र बार्षिक १४ करोडको कारोबार गरिरहेको छ । इटाली लगायत २३ वटा देशमा आफ्नो उत्पादन प्लान्ट रहेको भेरोकले पहिलोपटक नेपालबाट २५ डिलरलाई फ्याक्ट्री भ्रमणका लागि आमन्त्रण गरेको हो । दुइपाङ्ग्रे तथा ४ पांग्रे सवारी साधनका लागि भेरोकले जेन्युन पार्टस उत्पादन गरिरहेको छ ।
एसटिसीले नेपालमा इएनआइ लुब्रिकेन्टस, सिएट टायर, भेरोक लगायत अन्य सबारी साधनमा प्रयोगमा आउने पार्टसको कारोबार गरिरहेको छ । प्रबन्ध निर्देशक उप्रेतीका अनुसार यसअघि एसटिसीले आफ्ना डिलरलाई युरोप लगायत एशियाका बिभिन्न देशको भ्रमण गराइसकेको छ ।
















प्रतिक्रिया