डडेल्धुरा, ४ फागुन । डडेलधुराको अमरगढीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ८३३ नम्बरको जीप बुधबार दिउँसो अमरगढी ३ ठूलोखोलामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन ।
गाडीका ११ जना यात्रु रहेकामा ६ जना घाइते भएको र गम्भीर अवस्थामा रहेका तीन घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको र उद्धार कार्य चलिरहेको छ ।












प्रतिक्रिया