४ मंसिर २०८३, शुक्रबार

थरुहट तराई पार्टीका उपाध्यक्ष, महासचिवसहितका नेताले पार्टी छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उपाध्यक्ष नन्दकुमार चौधरी

काठमाडौं, ४ फागुन । थरुहट तराई पार्टी नेपालका उपाध्यक्ष, महासचिवसहित ६ जनाले पार्टी परित्याग गरेका छन् ।

सो पार्टीका उपाध्यक्ष नन्दकुमार चौधरी, महासचिव शम्भुप्रसाद चौधरी, केन्द्रीय सदयद्वय सन्तोष कठरिया र सुरज कठरिया, केन्द्रीय युवा शक्तिका सदस्य कृष्णकुमार चौधरी, काठमाडौं उपत्यका अध्यक्ष रामस्वागत चौधरीले राजीनामा दिएका हुन् । उनीहरूले संयुक्त रुपमा अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पत्रसहित पार्टी परित्याग गरेका हुन् ।

थरुहट तराई पार्टीकी सांसद गंगा चौधरीले आन्तरिक विमती जनाउँदै पार्टी छाडेको केही समयलगत्तै उपाध्यक्ष, महासचिवसहित सदस्यहरूले सामूहिक रुपमा पार्टी छाडेका हुन् । उनीहरूले पार्टी छाडेपछि थरुहट तराई पार्टी नेपाललाई ठूलो नोक्सानी भएको छ ।

स्रोतका अनुसार पार्टी परित्याग गरेका उपाध्यक्ष, महासचिवसहितका केन्द्रीय नेताहरू बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गर्ने जनाइएको छ । यसअघि सांसद चौधरी नयाँ शक्ति पार्टीमा प्रवेश गरिसकेकी छिन् ।