४ मंसिर २०८३, शुक्रबार

एमालेको पोलिटव्युरो बैठक बस्दै, अध्यक्ष ओलीले प्रतिवेदन पेश गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ४ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न र रणनीति बनाउन प्रमुख वपक्षी दल नेकपा (एमाले)को पोलिटव्युरोको बैठक आज बस्दैछ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजेपछि बस्ने पोलिटव्युरो बैठकमा अध्यक्ष केपी ओलीले समसामयिक विषय समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा फागुन २१ गतेदेखि शुरु हुन लागेको एमालेको मेच–महाकाली अभियानका साथै समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।

संविधान संशोधनका विषयमा लचक बन्दै आएको एमालेले मुलुकलाई राजनीतिक निकास दिन महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।