४ मंसिर २०८३, शुक्रबार

संघीय खम्बुवान र नेपाल र किरात पार्टीबीच एकता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ फागुन । संघीय खम्बुवान लोकतान्त्रिक पार्टी–नेपाल र किरात पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर किरात र खुम्बुवान बीचको मनोविज्ञानको अन्त्य गर्नको लागि दुईपार्टी एकताको सुत्रमा बाँधिएका हुन् ।
संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी–नेपालका अध्यक्ष किरण खुम्ब संयाजेक र किराँत पार्टीका अध्यक्ष शान्तिलाज राई सह–संयोजक रहनेगरी पार्टी एकीकरण भएको हो ।
एकीकरण पश्चात् बनेको किराँत खम्बुवान लोकतान्त्रिक पार्टीका संयोजक किरण खम्बुले संविधानलाई आलोचनात्मक रुपमा स्विकार गरेको बताए ।
त्यस्तै सह–संयोजक शान्तिराज राईले प्रदेश नम्बर १ लाई नमुना प्रदेशको रुपमा चिनाउने गरि आफुहरू निर्वाचनमा भाग लिनेमा जोड दिए ।
पार्टीको अध्यक्ष लगायत अन्य पदाधिकारी आगामी महाधिवेशनबाट छान्ने पार्टीका सह–संयोजक शान्तिराज राईले जानकारी दिए ।