
सल्यान, ३ फागुन । बिगत केहि दिन यता सल्यानमा स्थानीय निकायका कर्मचारीहरुले गर्दै आएको आन्दोलनमा आज जिल्ला विकास समितिमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ ।
आफ्ना माग पूरा गर्न माग गर्दै आ–आफ्नो कार्यालय अगाडि शान्तिपूर्ण आन्दोलन गरिरहेका कर्मचारीमाथि प्रहरीले हस्तक्षप गरेको कर्मचारीले आरोप लगाएका छन् ।
हस्तक्षेपका क्रममा धरपकड समेत भएको र धरपकडका क्रममा तीन जना कर्मचारी घाइते भएको स्थानीय निकाय संयुक्त टे«ड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिति सल्यानका सचिब जिबराज केसी जानकारी दिए । उनका अनुसार घाइते हुनेमा बिन्दु श्रेष्ठ, अमृता शाक्य र थुमु कुँवर छन् ।
यता जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले जिविसमा लगाएको ताला खोलेको र कुनै धरपकड नभएको बताए । उनले जिविसमा लगाएको ताला खोल्दा कसैलाई पनि चोट पटक नलागेको दावी गरेका छन् ।
स्थानीय निकाय संयुक्त टे«ड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिति सल्यानले एक प्रेश बिज्ञप्ती जारी गरी प्रहरीले कार्यालयमा लगाएको ताला फोडी कार्यालय प्रमुखको कार्यकक्ष खुलाउने कार्य गरेको भन्दै घोर भत्र्सना पनि गरेको छ ।











प्रतिक्रिया