
काठमाडौं, ३ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आज नवनियुक्त सुरक्षा निकायका प्रमुखसंग भेट गरेका छन् । उनले मंगलबार दिउँसो तीनवटै निकायका प्रमुखलाई मन्त्रालयमै बोलाएर कानुनी शासनको पालना गर्न कसैसंग पनि सम्झौता नगर्न निर्देशन दिए ।
गृहसचिवसहितको छलफलमा मन्त्री निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सजग हुनुपर्ने बताए ।
सोमबार मात्र नयाँ जिम्मेवारीमा पाएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए ।
गृहमन्त्री निधिले सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । साथै सुन तस्करी, लागूऔषध कारोबारलाई रोक्न पनि विशेष ध्यान दिनुपर्ने बताए ।











प्रतिक्रिया