४ मंसिर २०८३, शुक्रबार

आजदेखि एनसेलबाट फेसबुक निःशुल्क चलाउन सकिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले अबदेखि फेसबुक निःशुल्क चलाउन सकिने व्यवस्था गरेको छ । एनसिएलले यो सेवा आज रातिदेखि सुचारु गर्दैछ । एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो ।
एनसेलका म्यानेजिङ डाइरेक्टर साइमन पार्किन्स र फेसबुककी एपीएसी प्रमुख अन्ना नेबग्रेनले संयुक्त रुपमा एनसेलममा निःशुल्क फेसबुक सेवा दिने घोषणा गरे ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।

कार्यक्रममा एनसेलका म्यानेजिङ डाइरेक्टर पार्किन्सले सबैलाई सहज रुपमा इन्टरनेटमा पहुँच दिने गरी सरकारले थालेको अभियानमा एनसेलले पनि सघाउने बताए ।

एनसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन । साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन । नोटिफिकेशन लगायतका सेवा पनि निशुल्क गरिएको छ ।

आज मध्यरोतिदेखि एनसेलबाट इन्टरनेट चलाउँदा ‘फ्री’को अप्सन पनि आउनेछ । जसमार्फत एनसेल प्रयोगकर्ताले फेसबुक निःल्क चलाउन पाउनेछन् ।

तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड गरेका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ । अप्सनअनुसार डाटा प्याक खरिद वा प्रयोग गरेर तस्वीर हेर्न सकिने छ ।

साथै फेसबुक (म्यासेन्जर) च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ । तर, फेसबुकका धेरै सेवाहरु एनसेलबाट निःशुल्क हुने पार्किन्सले बताए । एनसेलले यसअघि नै निःशुल्क ट्विटर अफर पनि दिइसकेको छ ।