४ मंसिर २०८३, शुक्रबार

बैतडीमा भिरबाट लडेर दाजुभाइको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ३ फागुन । बैतडी जिल्लामा भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिनुभयो ।

साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ ।

दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताउनुभयो । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ ।