काठमाडौं, २ फागुन । चौथो ठूलो दल राप्रपाले देशमा सहमति र सम्झौताको साझा राजसंस्था आवश्यक रहेको निस्कर्ष निकालेको छ । संसदको चौथो ठूलो दल समेत बनेको राप्रपाले संसदको नियन्त्रणमा रहने र सबैको चित्त बुझ्दो संस्कृतिक राजा चाहिने बताएको छ ।
संवैधानिक राजतन्त्रको पक्षमा रहेको राप्रपा नेपाल र गणतन्त्र स्वीकार गरिसकेको राप्रपाबीच एकतापछि बनेको राप्रपाको एकताको महाधिवेशन अघि बसेको बैठकमा यस्तो आवश्यकता औल्याएको हो । पार्टीको एकताको महाधिवेशन फागुन ६ गतेदेखि हुँदैछ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था शान्ति, विकास र स्थायित्वका लागि आवश्यक भएको भएको भन्दै राजसंस्थाबारे जनमत संग्रह उपयुक्त विकल्प हुन सक्ने बताएका े छ ।
‘संसदको परिधि र नियन्त्रण अन्तरगत रहने राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकका रुपमा राजसंस्था रहनेछ’ राप्रपाले भनेको छ ।
साथै नयाँ संविधान जारी भएसँगै मुलुक वैधानिक रुपमा गणतन्त्रमा प्रवेश गरेकोमा समेत राप्रपा सचेत रहेको बताएको छ ।












प्रतिक्रिया