२९ आश्विन २०८३, बिहिबार

माथिल्लो कर्णाली भारतीय कम्पनीलाई दिइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

electricityकाठमाडौं, ३ असोज ।  माथिल्लो कर्णाली जलविद्युत् परियोजना प्रवर्द्धक भारतीय कम्पनी जीएमआरसंग शुक्रबार परियोजना विकास सम्झौता (पीडीएं) भएको छ ।

लामो समयको छलफल पछि नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र जीएमआरका तर्फबाट उर्जा सम्बन्धी उपाध्यक्षबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्  ।

सम्झौतापछि अब माथिल्लो कर्णालीमा बिजुली निकाल्नको लागि सम्पूर्ण लगानी जीएमआरले जुटाउने छ ।

नेपालले भने उक्त परियोजनाको २७ प्रतिशत निशुल्क शेयर र १२ प्रतिशत निशुल्क बिजुली प्राप्त गर्ने छ ।

सम्झौता अनुसार कम्पनीले उत्पादित बिजुली भारतलाई बेच्ने छ ।

साथै कार्य सम्पन्न भएर विजुली उत्पादन हुन थालेको २५ बर्षपछि परियोजना नेपाललाई हस्तान्तरण गर्नु पर्ने छ ।