४ मंसिर २०८३, शुक्रबार

माओवादीका केन्द्रीय सदस्य एवं पीएन क्याम्पसका चर्चित विद्यार्थी नेता एमालेमा प्रवेश

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ फागुन । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलीपविक्रम शाही र जिल्ला सचिवालय सदस्य राजेन्द्र गौतमसहितका नेताहरु एमाले प्रवेश गरेका छन् ।

प्रवेश गर्ने शाही पोखराको पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति समेत हुन् । नेकपा एमाले कास्कीले आइतबार पार्टी कार्यालयमा आयोजना गरेको पार्टी प्रवेश कार्याक्रममा शाहीसहित नेपाली कांग्रेस सराङकोट गाउँ कमिटीको उपसभापति बाबुराम तिमिल्सिना, राजेन्द्र गौतम, शोभाखर भन्डारी, कृष्ण शर्मा, हिरा गिरी, गीता तिवारी टिकाराम दाहाल बाबुराम तिमिल्सिना, बलबहादुर भुजेल, कमल अधिकरी लगायत लगायत २५ जना प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिट्ब्युरो सदस्य गणेश तिमिल्सिना र पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले खादा माला र अविर लगाइदिएर स्वागत गरेका हुन् । नव प्रवेशीको तर्फबाट बोल्दै गौतम, तिमिल्सिना हिरा गिरी लगायतले एमालेले मात्र अब देश बदल्ने सक्ने बताए ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी गुरुङले प्रधानमन्त्री प्रचण्डले सबै सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर सत्तामा पुगेको अरोप लगाएका छन् । उनले सीमांकन हेरफेर गरेर पहाड र तराई छुट्याउने, नागरिकता, हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने लगायतका प्रस्ताव समेटेर संविधान संसोधनको प्रस्ताव पारित गर्न खोज्नु लम्पसारवादको गतिलो नमुना भएको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै एमाले पालिट्ब्युरो सदस्य गणेश तिमिल्सिनाले अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्नुपर्ने बेला रहेको बताए । तत्काल ३ वटै तहको निर्वाचन घोषणा गरेर संविधान कार्यान्वयनमा जानुपर्नेमा सरकार उल्टो बाटो हिँडेको उनको भनाइ छ ।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले माओवादी कार्यकर्ताले परिवर्तनका लागि त्याग र बलिदानी दिएपनि नेताहरुले गद्दारी गरेको बताए ।