४ मंसिर २०८३, शुक्रबार

राष्ट्रपतिद्वारा दलहरूसँग परामर्श गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गर्न प्रमुख दलहरूसहित केही साना दलहरूलाई बोलाएकी छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज अपरान्ह चार बजे हुने छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी मोर्चा, नेकपा (माले)सहितका संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाएको बुझिएको छ ।

स्रोतका अनुसार संविधान कार्यान्वयनका लागि निर्वाचनमा जान राष्ट्रपतिले ती दलका नेताहरूसँग आग्रह गर्ने छिन् ।

यसअघि पनि राष्ट्रपति भण्डारीले प्रमुख ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रसँग परामर्श गरिसकेकी छन् । उनीहरूलाई संविधान कार्यान्वयनमा दबाब दिँदै आएकी छिन् ।