
काठमाडौं, २ फागुन । महाधिवेशनको तयारीका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
पार्टी मुख्यालय धुम्बाराहीमा मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा महाधिवेशनको तयारीका विषयमा छलफल केन्द्रित हुने राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
‘महाधिवेशनको तयारीका विषयमा छलफल हुन्छ’, उनले भने, ‘तयारीका साथै राजनीतिक, आर्थिक, सामाजिक सबै विषयमा मधिवेशनमा पेश हुने एजेन्डामाथि समेत छलफल गर्ने कार्यक्रम छ ।’
राप्रपाको महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुँदैछ । राप्रपाका शीर्ष नेताहरू महाधिवेशनको तयारीमा जुटेका छन् ।











प्रतिक्रिया