३ कार्तिक २०८३, मंगलबार

‘पूर्वको पशुपतिनाथ’ मा पुगे राष्ट्रपति यादव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-baran-yadav-rastapati-jhapa

राजकुमार ओली

विर्तामोड, ३ असोज । दुई दिने भ्रमणमा झापा आउनु भएका राष्ट्रपति डाक्टर रामबरण यादवले सोमबार झापाको अर्जुनधारा जलेश्वरधाममा पुजाआराधना गर्नु भएको छ ।

राष्ट्रपति यादवले सोह्रश्राद्धको एकादशी तिथिको अवसर पारेर शनिअर्जून नगरपालिकामा रहेको पूर्वको पशुपतिनाथको नामले चिनिएको अर्जुनधारा धाममा एकघण्टा लगाएर पुजा आराधना गर्नु भएको हो ।

पुजाअर्चनामा झापाका सभासद प्रेम गिरी, सुधिर सिवाकोटी, अमृतलाल राजबशी, सरिता प्रसाई, मेनपावर व्यावसायी संघ झापा अध्यक्ष भानु सिवाकोटी, धामका अध्यक्ष नविन गटटानी, पण्डित पुष्पलाल निरौला लगायतको सहभागिता थियो ।

निकै कडा राजकीय सुरुक्षासहित अर्जूनधारा धाम पुगेका राष्ट्रपति यादवलाई धाम समितिले स्मरण पत्र र कदर पत्रले सम्मान समेत गरेको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो ।

यसअघि विहीवार राष्ट्रपति यादवले भद्रपुरस्थित मेची क्याम्पसको स्वर्ण जयन्ती समुदघाटन गर्नुभएका थियो ।