४ मंसिर २०८३, शुक्रबार

पूर्व राष्ट्रपतिले सिकाए यादवले राष्ट्रबादीको परिभाषा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ फागुन । पूर्व राष्ट्रपति डा.रामवरण यादवले देशलाई एकताबद्ध बाटोमा हिड्ने मानिसनै राष्ट्रबादी हुने बताएका छन् ।

काठमाडौबाट प्रकाशन आरम्भ भएको टोटल मासिक नामक म्यागेजिनको विमोचन गर्दै उनले यस्तो धारणा राखेका हुन् । राजनीतिक स्थायित्वको अभावमा देशले प्रगतिगर्न नसकेको बताउँदै उनले यसका लागि अब पत्रकारिकताको भूमिका महत्वपूर्ण भएको बताए ।

चीन र भारतमा जस्तो सुकै राजनीतिक पद्दति भएपनि राजनीतिक स्थायित्व कायम रहेको भन्दै हामीले पनि त्यसको सिको गर्न सक्नुपर्ने बताए ।
उनले राज्यको चौथो अंग पत्रकारिताले अब तथ्य पस्केर सबैलाई एकताको सन्देश दिनुपर्ने बताए । उनले सबै राजनीतिक शक्तिहरुलाई एकताबद्ध भई संविधान कार्यान्वयनमा जोड दिन सुझाव पनि दिएका छन् ।

कार्यक्रमका बिशिष्ट अतिथी पूर्व सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले राष्ट्रिय एकता निर्माणका लागि पत्रकारिता क्षेत्रले ठूलो भूमिका खेल्न सक्ने बताए । उनले तथ्यमा आधारित सामग्रीहरु पस्केर राष्ट्र निर्माणको माहौल निर्माण गर्न पत्रकारिता क्षेत्रलाई सुझाव पनि दिए ।

त्यसैगरी कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष बिष्णु निष्ठुरी, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा पत्रिकाका सल्लाहकार सम्पादक धमेन्द्र झा लगायतले आफ्नो धारणा राखेका थिए ।

टोटल म्यागेजिनका प्रकाशक सम्पादक मोतिलाल पौडेलको अध्यक्षतामा भएको बिमोचन कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण के.सी., सूचना बिभागका महानिर्देशक बिरबहादुर राई, पत्रकार महासंघका केन्द्रीय सदस्य शीतल महतो, प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देललगायतले शुभकामना दिएका थिए भने कार्यक्रमको सहजिकरण विपुल पोख्रेलले गरेका थिए ।