काठमाण्डौं, ३ असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा संबोधन गर्न नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज अपरान्ह ४ः५० मा त्रिभुवन विमानस्थलबाट त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
प्रधानमन्त्री कोइराला सहितको नेपाली प्रतिनिधि मण्डल शुक्रबार संयुक्त अरब इमिरेट्सको अबुधावीमा बस्नेछ ।
शनिबार अवुधाबीस्थित नेपाली राजदूताबासमा मध्यपूर्व पश्चिम एशिया र उत्तरी अफ्रिकामा कार्यरत नेपाली कुटनीतिक नियोगका प्रमुखहरुले प्रधानमन्त्री कोइरालालाई आ–आफ्नो कार्यक्षेत्रको बारेमा जानकारी गराउने कार्यक्रमे छ ।
स्थानीय समय अनुसार १ बजे आइतबार प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डल आबुधावीबाट न्यूयोर्कका लागि प्रस्थान हुने कार्यक्रम छ ।
आइतबार विहान प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डल न्यूयोर्क पुग्नेछ ।
सोमबार प्रधानमन्त्री कोइरालाको स्वास्थ्यको मेमोरियल स्लोन क्यानसर अस्पतालमा अनुगमन परीक्षण हुने कार्यक्रम छ ।
प्रधानमन्त्री कोइरालाले आगामी शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गर्नुहुने छ ।
प्रधानमन्त्री कोइराला सहितको नेपाली प्रतिनिधि मण्डलका अधिकांश सदस्यहरु १२ गते आइतबार ब्रसेल्सका लागि प्रस्थान गर्नुहुनेछ ।
प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डल असोज १६ गते नेपाल आइपुग्ने कार्यक्रम छ ।
भ्रमणकालमा प्रधानमन्त्री कोइरालाले संयुक्त अरब इमिरेट्स, न्युयोर्क र ब्रसेल्समा त्यहा रहनुभएका नेपालीहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।
यो अवसरमा प्रधानमन्त्रीले संबन्धित क्षेत्रका राजदूतावास र नेपाली कुटनीतिक नियोगमा कार्यरत कुटनीतिक प्रमुखहरुलाई निर्देशन दिनुहुने कार्यक्रम पनि रहेको छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे शनिबार नै अबुधावीबाट संयुक्त राष्ट्रसंघीय महासभामा जाने प्रतिनिधिमण्डलमा सम्मिलित हुनुहुने छ ।
















प्रतिक्रिया