काठमाडौं, ३ असोज । सङ्घीय गणतान्त्रिक मोर्चाको शुक्रबार बसेको बैठकले आफ्ना माग पूरा नभएसम्म संसद् सुचारु हुन नदिने निर्णय गरेको छ ।
संविधान लेखनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनुपर्नेलगायतका माग राखी एमाओवादीलगायत मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टीलगायतले व्यवस्थापिका–संसद् अवरुद्ध गर्दै आएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसवादी दलहरूबीच गत पुस ९ गते चारबुँदामा सहमति भएको थियो ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले आफ्ना मागबारे सत्तारुढ दल गम्भीर बन्न आग्रहसमेत गरेको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल एमाओवादीसहित मोर्चाले उठाएका मागबारे छलफल गर्न राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा नेका, एमाले र एमाओवादी, मधेसवादी दलका शीर्ष नेताको सहभागिता छ । रासस
















प्रतिक्रिया