२९ आश्विन २०८३, बिहिबार

विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन एनआरएनएको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrn-tokiyo-1

काठमाडौं, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को जापानमा भइरहेको आठौं क्षेत्रीय सम्मेलनका सहभागीले विदेशमा बस्ने नेपालीलाई पनि मताधिकार दिन माग गरेका छन् ।

उनीहरुले पाकिस्तान, भारत लगायत देशमा यसबारे बहस भइरहेकाले नेपालीले पनि त्यस्तै अधिकार दिन माग गरेका हुन् ।

संघका अध्यक्ष शेष घलेले बिदेश बस्ने नेपालीलाई मताधिकार दिन नेपाल सरकारसँग निरन्तर छलफल र परामर्श भइरहेको भन्दै निर्वाचन आयोगले दुई बर्ष अघि थालेको पहललाई सार्थक बनाउन आग्रह गर्नुभयो ।

संघका पूर्व अध्यक्ष जीवा लामिछानेले नेपाली नियोग भएका ठाउँमा नियोगमै पुगेर मत हाल्ने ब्यबस्था गर्न आग्रह गर्नुभयो ।

त्यसैगरि कार्यक्रमका सहभागीले नेपाली नागरिकताको निरन्तरताको सुनिश्चिता हुने गरी आगामी संबिधानमा ब्यबस्था माग गरेका छन् ।

नेपाली नागरिकताको निरन्तरताले गैरआवासीय नेपालीलाई नेपाल फर्किन र लगानी ल्याउन उत्प्रेरित गर्ने भन्दै यस्तो ब्यबस्थाले एनआरएनलाई नभई मुलुकलाई फाइदा पुग्ने दावी गरे ।

अघिल्लो संबिधानसभाको अन्र्तरगतको विवाद समाधान उपसमितिले ब्यबस्था गरेअनुसार गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था आगामी संबिधानमा गर्न उनीहरुले माग गरेका छन्