३ कार्तिक २०८३, मंगलबार

नेपाल टुक्राउन अभियान चलाउने राउत सर्वोच्चमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CK-Rawat

काठमाडौं, ३ असोज । नेपालबाट मधेसलाई अलग गर्नुपर्ने मागसहित अभियान थाल्दा पक्राउ परेका डा. सीके राउतलाई शुक्रबार सार्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

मोरङबाट पक्राउ गरी प्रहरीले बिहीबार राजधानी ल्याइएका राउतलाई बन्दी प्रत्यक्षीकरणसम्वन्धी रिटमा सर्वोच्चले शशरीर उपस्थित गराउन भनेको थियो ।

सर्वोच्चमा न्यायाधीश कल्याण श्रेष्ठ र गोविन्दकुमार उपाध्यायको इजलाशमा पेशी तोकिएको छ ।

राष्ट्रिय अखण्डतामा खतरा उत्पन्न गर्ने यथेष्ट प्रमाण फेला परेपछि उनलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी गरेको प्रहरीको भनाइ छ ।