४ मंसिर २०८३, शुक्रबार

आगामी निर्बाचनमा माओबादी साफ, काँग्रेसको दिनगन्ती : पहारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बागलुङ, २९ माघ । नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले आगामी निर्वाचनमा माओबादीको पत्तासाफ र काँग्रेसको दिनगन्ती सुरु हुने बताएका छन् ।

संघको बागलुङ जिल्ला कमिटीको आठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै पहारीले निर्वाचनमा पराजित हुने डरलेनै ती दलहरु निर्वाचनमा जान नमानिरहेको बताए ।

अहिले एमालेको लोकप्रियतालाई रोक्न कांग्रेस, माओवादी र भारतीय दलालहरू मिलेर हदैसम्म प्रयत्न गरिरहेको भएपनि हिडिरहेको हात्तीलाई माकुराको जालोले असर नगर्ने उनले ठोकुवा गरे ।

समृद्ध नेपाल निर्माण गर्नका लागि अब जनताले स्थानीय निकाय, प्रादेशिक र आमनिर्वाचनमा एमालेलाई विजय गराएर छोड्ने आशा व्यक्त गरे । एमालेको मेरुदण्ड युवा संघले अब हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र स्थानीय निर्वाचनमा एमालेलाई जिताउन सारा शक्ति परिचालन गर्ने जानकारी दिए ।

युवा संघलाई कमजोर पार्न विपक्षीले दुर्गा तिवारीको हत्या र सन्देश बुढाथोकीमाथि आक्रमण गरेपनि युवा संघ नेपाल सशक्त ढंगबाट अघि बढिरहेको उनको भनाई छ ।