३० आश्विन २०८३, शुक्रबार

इटहरीको होटलमा युवतीको शव भेटियो, होटल सञ्‍चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaइटहरी, ३ असोज । सुनसरीको इटहरी नगरपालिकामा सञ्‍चालन भैरहेको अरुण होटलबाट एक युवतीको शव फेला परेको छ। होटलको ९ नम्बर कोठाको बक्‍स पलङ भित्र प्रहरीले नामथर पहिचान नखुलेकी युवतीको शव फेला पारेपछी होटल संचालकलार्ई पक्राउ गरेको छ।

गत भदौ ३१ गते मंगलबारका दिन उक्त होटलमा युवतीसहित भोजपुर घर बताउने विनोद शाही नामको केटा होटलको कोठा बुक गरेका थिए। उनीहरु बसेको होटलमा बुधवार विहान केटा हिडेको र बिहीबार कोठा खोलेर हेर्दा बक्स पलङ भित्र युवतीको शव फेला परेको थियो।

उक्त शवबारे होटल संचालकले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले बताए।उनका अनुसार अरुण होटलबाट पहिचान नखुलेकी अन्दाजी ३१ बर्षकी महिलाको सव फेला परेको थियो। होटलमा युवतीको सव फेला परेपछी होटल संचालक मिनराज राईलाई पक्राउ गरिएको जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘मृतक महिलाको शव प्रकृति हेर्दा उनीसंग आएका व्यक्तिबीच विवाद उत्पन्‍न भएपछि घाटी थिचेर हत्या गरेको देखिन्छ’ डिएसपी शर्माले भने, ‘महिलासंग आउने केटाले नक्‍कली नाम होटलको काउण्टरमा लेखाएकाले पहिचान गर्न गाह्रो भएको छ।’ महिला हत्या गर्ने व्यक्तिसंगै आएको प्रेमि भएकाले प्रहरीले उनको खोजी भइरहेको डिएसपी शर्माले बताए।