काभ्रे, २८ माघ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बर्तमान सरकारले चुनाव नगर्ने नियत राखेको भए लत्याएरै चुनाव गराउन लगाउने बताएका छन् ।
अखिल नेपाल किसान महासंघ काभ्रे क्षेत्र नं. ४ ले पाँचखालमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले आगामी चुनावमा मोओबादी केन्द्र पराजित हुने डरले निर्वाचनको मिति घोषणा गर्न डराइरहेको आरोप लगाए ।
२०६४ को संविधानको चुनावमा ११९ प्रत्यक्ष जितेको माओवादी दोसो चुनावमा आईपुग्दा २६ सिट सीमित भयो’ उनले भने, ‘अब आगामी निर्वाचतमा माओबादी केन्द्र ६ सिटमा सीमित हुने हो ।’ उनले प्रचण्डले पराजित हुने डरले अनेक बाहानाबाजी गरिरहेको आरोप लगाए ।












प्रतिक्रिया