३० आश्विन २०८३, शुक्रबार

जहाज उड्नै लाग्दा यात्रुले ‘इमर्जेन्सी’ ढोका खोलेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । मुम्बई विमानस्थलबाट इन्डिगो एयरलाइन्सको एउटा विमान उड्नै लाग्दा एक यात्रुले ‘इमर्जेन्सी’ ढोका खोले । चण्डीगडका लागि उड्न लागेको विमानमा सबै यात्रु बसिसकेका र उड्ने तयारी भइरहेको थियो ।

पाइलटले विमान उडाउनै लाग्दा एक यात्रुले जहाजको ‘इमर्जेन्सी’ ढोका खोलिदिपनि विमान केही छिन ढिला हुन पुगेको थियो । सामान्यत सबै यात्रुबाहक जहाजहरुमा ‘इमर्जेन्सी’द्वारको व्यवस्था गरिएको हुन्छ ।

यस्ता ढोका विमान उडेको बेला यात्रुले सजिलै खोल्न सक्छन् । तर, विमान उड्न लागेको बेला यो ढोका खोल्दा विमान ढिला हुन पुगेको थियो ।