काठमाडौं, २७ माघ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरावस्ववियु) का केन्द्रीय सदस्य मिलन राईको मोटरसाइकलन दुर्घटनामा परि निधन भएको छ ।
काठमाडौंबाट गृह जिल्ला खोटाङ जानेक्रममा हिजो भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको आज उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको हो ।
दुर्घटनापछि उपचारका लागि ठिमी हस्पिटल, अन्नपूर्ण न्युरो हस्पिटल हुँदै राईलाई ट्रमा सेन्टरमा लगिएको थियो । आइसियुमा राखेर उपचार भइरहेका बेला राईको आज दिउँसो २ बजे निधन भएको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।
राईको टाउको, मुटु र पेटमा चोट लागेको थियो । राईको शव अन्त्यष्टिका लागि खोटाङ लगिने अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटीले विज्ञप्ति मार्फत राईको निधनप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्नुका साथैशोक सन्तब्द परिवारजनमा समबेदना प्रकट गरेको छ ।












प्रतिक्रिया