४ मंसिर २०८३, शुक्रबार

सदभावना पार्टीका केन्द्रीय नेताहरूले राजधानी छाडे ! गम्भीर निर्णय लिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय महाधिवेशन, निर्वाचनलगायतका विषयमा छलफल गर्न सदभावना पार्टीले राष्ट्रिय कार्यसमितिको बैठक बोलाएको छ ।

वीरगञ्जमा शुक्रबारदेखि शुरु हुने बैठकमा विशेष गरेर मधेस आन्दोलन र भावी राजनीतिका विषयमा केन्द्रित हुने महासचिव मनीषकुमार सुमनले जानकारी दिए । उनले भने, ‘मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुन्छ । राष्ट्रिय महाधिवेशन गर्ने बेला पनि भएको छ । महाधिवेशनका बारेमा पनि निर्णय गर्नेछौँ ।’

मधेस आन्दोलनको समीक्षा गरेर भावी रणनीति बनाउने योजना सद्भाना पार्टी रहेको उनले बताए । ‘अहिलेसम्मको मधेस आन्दोलनको गम्भीर समीक्षा हुन्छ’, उनले भने, ‘अब संगठन सुदृढीकरणका साथै ठोस कार्ययोजनाका साथ अगाडि बढ्ने छौँ ।’

सत्ता पक्षले जहिले पनि मधेसी जनताका मागप्रति ध्यान नदिएको बताएका महासचिव सुमनले भने, ‘संविधान संशोधनको विधेयक पनि सदनमा अलपत्र परेको छ । यसलाई अगाडि बढाउनु पर्छ । अनि मात्रै निर्वाचनमा जानु पर्छ । हामी निर्वाचन विरोध होइनौँ ।’

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यहरू वीरगञ्ज पुगिसकेको महासचिव सुमनले बताए । आउन बाँकी केही पदाधिकारी र सदस्यहरू शुक्रबार बिहान वीरगञ्ज आइग्ने उनले बताए ।