एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेको भन्दै अमेरिकामा एक बृद्धाले आफ्नो पतिलाई छोडिदिएकी छन् ।
पतिले ट्रम्पलाई भोट दिन नपाएपनि समर्थन गरेको भन्दै ७३ वर्षीया एक शिक्षित महिलाले गेल मेककार्मिकले ७७ वर्षीया पति बिल मेककार्मिकलाई छाडेकी हुन् । २० वर्षदेखि संगै बस्दै आएको यो जोडी क्यालिफोर्निया जेलका रिटायर्ड कर्मचारी हुन् । १९८० मा जेलमै हुँदा दुई जनाको भेट भएको थियो ।
ट्रम्पको पछिल्लो फैसलाले विश्व नै हल्लिरहेका बेला पति–पत्नीबीचको सम्बन्ध पनि रहन सकेन । गेल आफ्नो पतिलाई छोडेर वासिङ्गटनस्थित आफ्नै अपार्टमेन्टमा बसेकी छन् ।
उनका पति बिलले गत वर्ष आफ्ना साथीहरुसंग ट्रम्पलाई भोट दिने फैसला गरेका थिए । त्यो बेलादेखि नै उनी पतिदेखि रिसाएकी थिइन् । उनले एक म्यागेजिनलाई अन्तरवार्ता दिँदै मेरो पतिसंगको सम्बन्ध टुट्नमा ट्रम्प नै दोषी भएको बताएकी छन् ।
![]()
तर, यहि कारणले आफ्नो पतिलाई छोड्न निकै मुस्किल भएको र महिनौ लागेको बताएकी छन् । उनी भन्छिन्– जब कुनै पनि बस्तु ५१ प्रतिशत राम्रो र ४९ प्रतिशत नराम्रो भएपनि सम्बन्धलाई बचाउन सकिन्छ, तर म धेरै थाकिसकेकी थिएँ । तर, उनले आफूले बिललाई सँधै सम्झिरहने र खुशी रहेको देख्न चाहेको बताएकी छन् ।















प्रतिक्रिया