काठमाडौं, २६ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले सत्तारुढ दल नेकपा माओवादी केन्द्रबारे नयाँ विश्लेषण गरेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारको खरो आलोचना गर्दै आएका पोखरेलले नेतृत्व नसच्चिए अबको निर्वाचनमा माओवादी केन्द्रको हैसियत निकै कमजोर हुने आंकलन गरेका हुन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी केन्द्रको भुमिका र आगामी निर्वाचनको पोजिशनका विषयमा नेता पोखरेलले आफ्नो विश्लेषण सार्वजनिक गर्दै लेखेका छन्– ‘माओवादी केन्द्र नेतृत्वको सरकार जुन रोडम्यापवाट अघि बढ्दैछ त्यसलाई नसच्याउने हो भने आउने निर्वाचनमा उ पुरानो जनमोर्चा भन्दा कमजोर हुने लक्षण देखिदैछ ।’
लक्षण देखिन थाल्यो
एमाले नेता पोखरेलले गरेको विश्लेषणअनुसार पछिल्लो समय केही लक्षणहरु देखिन थालेका छन् । जस्तोकी प्रधानमन्त्री चुनाव घोषणा गर्न डराउनु, थ्रेसहोल्ड राख्ने भनेर सहमति गरी फेरि थ्रेसहोल्ड आवश्यक छैन भन्नुले माओवादी केन्द्रमा हार्ने र कमजोर भइन्छ कि भन्ने चिन्ता देखिएको बुझिन्छ ।











प्रतिक्रिया