काठमाडौं, २५ माघ । भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ लाख कित्ता पब्लिक शेयर जारी गर्ने भएका छ । ३० करोड रुपियाँको साधारण शेयर जारी गरी हाइड्रो पावरको थप विकास गर्न लागेको हो ।
कम्पनी पब्लिक लिमा दर्ता भएको १ वर्ष पुरा भएपछि मात्रै पब्लिक शेयर निश्कासन गर्न पाउने व्यवस्था रहेकोले असारदेखि पब्लिक शेयर जारी गर्न लागिएको लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६५ करोड चुक्ता पुँजी रहेको लिमिटेडले हालसम्म ७३ करोड रुपियाँ लगानी गरिसकेको छ ।
जुरे पहिरो र ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र तत्पश्चातका पराकम्पनहरु, २०७२ भाद्रमा यस कम्पनीको ईन्टेक रहेको स्थानमा गएको पहिरो, २०७३ आषाढ २१ गतेको भोटेकोशीमा आएको वाढि आदि कारणले क्षतिग्रस्त भैरवकुण्ड हाइड्रो पावरले लगातार पुनर्निर्माण गरी विद्युत उत्पादन शुरु गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
२०६६ जेठ २५मा गते यस भैरवकुण्ड हाईड्रोपावर प्रा.लि र २०७३ असार १२ गतेबाट पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको कम्पनीले विस २०६५ साल मंसिर २९ देखि सिन्धुपाल्चोकको तातोपानी गाविस–.४ लार्चामा अवस्थित भैरवकुण्ड खोलामा निर्माण कार्य थालेको थियो ।
०६५ मंसिर २ गते पहिलो पटक १ हजार ८ सय ५० किवा र चैत्र २७ गते दोस्रो पटक १ हजार १ सय ५० किवाको लागि पिपिए गरी ०६६ भदौ १९ गते जेनेरेसन लाइसेन्स प्राप्त गरी ०७१ जेठ १८ गते सिओडी गरेको थियो ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गाति हेल्थ पोष्टलाई आर्थिक सहयोग, फुल्पिङकट्टि मन्दिर निर्माणको लागि आर्थिक सहयोग, क्रियापुत्रि भवन निर्माण गर्न आर्थिक सहयोगगरेकोछ । त्यस्तै भिमसेन निमावि र सेतिदेवि नि.मा.वि. आर्थिक सहयोग गरेको छ ।
कम्पनीको वर्तमान शेयरधनीहरुबाट शेयर पूँजी बृद्धि गर्ने, नयाँ शेयरधनीहरुबाट शेयर पूँजी बृद्धि गर्ने, पब्लिक शेयर जारी गर्ने, कम्पनीको कर्जा चुक्ता गर्ने, कम्पनीका शेयरधनीहरुलाई यथाशिघ्र लाभांश उपलब्ध गराउने, कम्पनीद्वारा नयाँ परियोजना संचालनको लागि प्रकृया अगाडी बढाउने योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो
संचालक समितिमा पुनः भण्डारी
साधारण सभाले चार सदस्यीय संचालक समिति चयन गरेको थियो । संचालक समितिले सुरेन्द्र भण्डारीलाई पुन अध्यक्षमा चयन गरेको छ । समितिको संचालकमा राजेश श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र केदार थापा रहनुभएको छ ।
विशेषज्ञबाट एक जना नियुक्ती गर्ने प्रावधान रहेको छ । पब्लिक शेयर जारी भएपछि सर्वसाधारणबाट दुई संचालक समितिको सदस्य बनाउने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया